March 2, 2026

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौँ, २३ माघः राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ पारित भएको छ ।

सभाको आजको बैठकमा प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुशीला कार्कीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले राख्नुभएको उक्त ‘विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीका तर्फबाट कानुन मन्त्री सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरु डा वेदुराम भुसाल, सुमित्रा विसी र रुक्मिणी कोइरालाले भाग लिनुभएको थियो । सो छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले अनुसन्धानलगायत विभिन्न आयामलाई सम्बोधन गर्न उक्त ऐनको आवश्यकता भएको स्पष्ट पार्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २६ गते सोमबार अपराह्न १ः१५ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.