March 2, 2026

वरिष्ठ अभिनेता सुनिल थापाको निधन

काठमाण्डौ, २४ माघ । वरिष्ठ अभिनेता सुनिल थापाको निधन भएको छ । शनिबार बिहान थापाथलीस्थित नर्भीक अस्पतालमा उपचारका क्रममा थापाको निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि थापालाई अस्पताल लागिएको थियो ।

 

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले थापाको निधनले स्तब्ध भएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ।  नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ । कला क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस् ।’

 

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकालाई पनि नायक सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काँइला’ उपनामले चर्चित थिए । विस २०१४ जेष्ठ ६ गते जन्मिएका थापाले बलिउड तथा भोजपुरी फिल्ममा पनि अभिनय गरेका थिए । आफ्नो सुरुवाती दिनहरूमा खेलकुदमा पनि संलग्न थापा आईसीएल क्लब बम्बई र ओर्के स्पोर्ट्स क्लबका लागि एक पेशेवर फुटबल खेलाडी पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.