March 2, 2026

ध्रुवको ‘हाम्रो नेपाल राम्रो नेपाल’ बजारमा

काठमाडौँ, नेपाल थट्स ।
बालसाहित्यकार ध्रुव श्रेष्ठको नवीनतम कृति ‘हाम्रो नेपाल राम्रो नेपाल’ बजारमा आएको छ । पुस्तक अङ्ग्रेजी संस्करण ‘ह्वाइ आइ लभ नेपाल’ को नेपाली अनुवाद हो । बालबालिका लक्षित पुस्तक प्रकाशन गर्दै आएका श्रेष्ठले प्रस्तुत पुस्तकमा नेपालसम्बन्धी विविध जानकारी रहेको बताए । श्रेष्ठले भने “यी बालपुस्तकहरू ४ वर्षदेखि ८ वर्षसम्मका बालबालिकालाई ध्यानमा राखी लेखेको पुस्तक हो । क्यानाडामा नेपाली भाषा सिक्दै गरेका बालबालिकाका साथै नेपालबारे जिज्ञासा राख्ने सबै बालबालिकाका लागि प्रस्तुत पुस्तक उपयुक्त हुने ठानेको छु ।”
श्रेष्ठले नेपालमा रहेका बालबालिकाका लागि बालमैत्री पठन सामग्रीको अभाव रहेको अवस्थामा आफ्नो कृतिले सहयोग पुर्‍याउने बताए । उनले भने “हामी पाठ्यक्रमका पाठ्यपुस्तकसँग मात्र परिचित छौँ । तीबाहेक पनि धेरै ज्ञान लिनुपर्ने क्षेत्रहरू छन् । त्यस्ता क्षेत्र र विषयबारे ज्ञान लिन मेरो पुस्तकले सहयोग गर्ने आशा गरेको छु ।” श्रेष्ठले “बाल साक्षरता बढाउन मद्दत पुगोस र बालबालिकाले आफ्ना कक्षाका पुस्तकबाहेक बाहिरका सामाग्री पनि पढ्न पाऊन् ” भनी पुस्तक लेखेको जानकारी दिए ।
उनले प्रस्तुत पुस्तक प्रकाशनपूर्व ‘द मोस्ट अमेजिङ ड्रिम’ (अचम्मको सपना) र आइ डिड नट गेट म्याड (मैले भाइलाई पिटिन) अङ्ग्रेजी तथा नेपाली संस्करणका पुस्तक प्रकाशनमा ल्याइसकेका छन् । निरन्तर बालबालिका लक्षित पुस्तक लेखनमा लागिरहेका श्रेष्ठले आफ्ना पुस्तकहरू नेपालका दुर्गम बस्तिहरूका पुस्तकालय तथा विद्यालयमा निशुल्क रूपमा वितरण गर्दै आएका छन् । पुस्तकको आर्थिक सन्दर्भबारे प्रस्ट पार्दै श्रेष्ठले भने “क्यानडामा यस पुस्तकको मूल्य १० डलर र नेपालमा २५० रुपियाँ रहेको छ । पुस्तक बेचेर आएका सबै रकम अनाथालयमा सहयोगार्थ खर्च गर्ने छु ।” कोपिला किताब प्रकाशन गृहले प्रकाशन गरेको प्रस्तुत पुस्तकको चित्र सज्जा पल्पसा मानन्धरले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.