April 20, 2026
Trending
Follow Us :

‘पारी त्यो डाँडामा’को नयाँ भर्सन आउने, गीतमा यस्तो देखिए विनय र सुपुष्पा

काठमाडौं । २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’मा समावेश गीत ‘पारी त्यो डाँडा’मा निकै चर्चित भयो । यतिसम्म चर्चित की दर्शकले फिल्मको टाइटलले होइन, गीतले फिल्मलाई चिने ।

कालीप्रसाद बाँसकोटाको संगीतमा बनेको उक्त गीत यतिविधि भाइरल बन्यो कि विदेशमा समेत यसमाथि धेरै टिकटक भिडियो बने । गीतको चर्चाले नै फिल्मको ब्यापारमा मद्दत पुगेको थियो ।

फागुन १४ मा निर्माताले यसको नयाँ संस्करणको रुपमा ‘फेरि रेशम फिलिली’ दर्शकमाझ ल्याउँदैछन् । यो फिल्ममा पनि उक्त सुपरहिट गीतको नयाँ भर्सन ‘फेरि जालमा’ समावेश हुने भएको छ । प्रवर्धनको लागि यो गीत रिलिज गर्ने तयारी छ । यो गीत फिल्मभित्रै समावेश हुनेछ वा प्रवर्धनमा मात्र सीमित हुनेछ, त्यो खुलाइएको छैन ।

‘फेरि जालमा’को भिडियो छायांकन सकिएको छ । निर्माताले शुक्रबार यसका केही रोमान्टिक तस्वीर सार्वजनिक गरेका छन् जसमा शीर्ष कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई देख्न सकिन्छ । गीतको संगीत र गायन समूह पनि पुरानै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.