काठमाडौं/ब्रसेल्स — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग प्रमुखमा माननीय दीपक बोहोरा नियुक्त हुनुभएकोमा बेल्जियममा बसोबास गर्नुहुने समाजसेवी तथा व्यवसायी, स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमका संस्थापक सदस्य सूर्य सापकोटा ले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक अभियन्ता तथा प्रवासमा सक्रिय व्यक्तित्व सापकोटाले जारी गर्नुभएको सन्देशमा बोहोराको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले प्रवासमा रहेका नेपालीहरूको हक, हित र पहिचानलाई सशक्त बनाउन बोहोराको नेतृत्व महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ।
त्यसैगरी, प्रवास नेपाली समुदायबीच एकता, सहकार्य र सशक्त आवाज निर्माणमा नयाँ नेतृत्वले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सापकोटाले बोहोरासँग भविष्यमा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा प्रभावकारी कार्यहरू अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।