April 20, 2026
Trending
Follow Us :

जेन बेटा : अहिलेसम्मकै कान्छो पुस्ताको जीवन कस्तो हुनेछ ?

बेबी बुमर्स, मिलेनियल्स, जेन जी, जेन अल्फा पछिको अहिलेसम्मको कान्छो पुस्ता हुन्, जेन बेटा । यो पुस्ता युवा मिलेनियल्स र पाको जेन जीका सन्तान हुन् वा हुनेछन् ।

सन् २०२५ मा जन्मिने बच्चाको लागि जेन बेटा नाम दिइएको छ । जेन बेटा अहिलेको नयाँ पिंढी हो, जो नयाँ वर्षसँगै नामकरण गरिएको छ । सामाजिक अनुसन्धानकर्ताका अनुसार नयाँ पिंढीलाई यो नामकरण दिनु भनेको एक नयाँ अध्यायको सुरुवाती संकेत हो ।

जेन बेटा ती पिंढी हुन् जो प्रविधिको युगमा जन्मिए वा जन्म लिंदैछन् । यी बच्चा स्मार्टफोन, रोबोट र एआईबाट घेरिने छन् । यो विश्व तीव्र रूपमा परिवर्तन भइरहेको समय हो । जसको प्रमाण अब जन्मिने बच्चा हुनेछन् ।

अल्फा पछिका जेन बेटा

नयाँ पिंढी सन् २०२५ देखि २०३९ सम्म जन्मिने बच्चालाई जेन बेटा भनिनेछ । यसअघि सन् २०१० देखि २०२४ सम्म पैदा भएकालाई अल्फा भनियो । त्यसअघि सन् १९९७ देखि २०१२ सम्म जन्मिएकालाई जेन जेड । हरेक पुस्ता आफ्नो समयको सांस्कृतिक, प्राविधिक र आर्थिक अवस्थाले प्रभावित हुन्छ ।

यीमध्ये जेन बेटा डिजिटल संसारमा जन्मिने पुस्ता हो, जहाँ जलवायु समस्या र विश्वव्यापीकरणको प्रभाव अझ सशक्त हुनेछ । यो पुस्ता ‘डिजिटल नेटिभ’ हुनेछ, जसले जीवनका हरेक पक्ष प्रविधिसँगै जोडिनेछन् ।

यसरी दिइयो नाम

यी नाम दिने एक तरिका छ । जेन अल्फाबाट सुरु गरी ग्रीक वर्णमालाको अक्षर प्रयोग गरी यी पिंढीहरूको नाम राख्न सुरु भयो । यसरी नै जेन अल्फा र त्यसपछि जेन बेटाको नाम दिइयो । र, त्यसपछिको पिंढीलाई फरक नाम दिइनेछ ।

प्रविधिसँगै हुर्किनेछन् बेटा बच्चा

प्रविधि एकपछि अर्को तरक्की गरिरहेको बेला जन्मिएको जेन बेटा बच्चादेखि बुढेसकालसम्म स्मार्ट फोनबाट नै चल्छन् । पहिलेका बच्चा पढ्ने, लेख्ने र खेल खेल्ने गर्थे । अहिले यस्ता कुरा पनि प्रविधिका कारण छायाँमा परिरहेका हुन्छन् ।

अबका बालबालिकाले प्रविधिको प्रयोग व्यापक गर्नेछन्, जहाँ घर, विद्यालय र खेल सबैमा आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स र अटोनोमस सिस्टमको प्रयोग सामान्य हुनेछ ।

तस्वीर स्रोत : एआई

यस्तोमा अनुमान लगाउन सकिन्छ कि अबका बच्चा ठूलो भएर यस्तो विश्वमा रहन्छन् जहाँ गाडी आफैं चल्छ । स्वास्थ्यको ख्याल राख्ने विशेष खालको कपडा हुन्छ । शिक्षाको स्वरूप पूर्ण रूपमा डिजिटल हुनेछ।

भर्चुअल र वास्तविक शिक्षण वातावरण बीचको दूरी कम हुनेछ । प्राविधिक उपकरण, जस्तै स्मार्ट होम असिस्टेन्ट र अनलाइन प्लेटफर्म, बालबालिकाको सिकाइ अनुभवलाई सरल र व्यक्तिगत बनाउने छन् ।कम्प्युटरको सहाराले उनीहरू विश्व घुम्नेछन् । अर्थात्, सबै कुरा प्रविधिमै निर्भर रहने खालको जीवनस्तर हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.