April 20, 2026
Trending
Follow Us :

सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई १५/१५ दिनमै तलब दिने निर्णय गरेको छ।

६ वैशाख, काठमाडौं । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने निर्णय गरेको छ। अर्थ मन्त्रालयले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई कार्यान्वयनका लागि परिपत्र समेत जारी गरिसकेको छ।

महालेखा नियन्त्रक शोभाकान्त पौडेलका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र निर्णय छिट्टै कार्यान्वयनमा जानेछ। उनले भने, “अर्थ मन्त्रालयबाट परिपत्र आइसकेको छ, अब यो चाँडै लागू हुन्छ।”

मन्त्रालयले कर्मचारीहरूको हातमा समयमै रकम पुग्ने तथा अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न लागिएको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीहरूले महिनामा एकपटक होइन, दुईपटक तलबभत्ता प्राप्त गर्नेछन्, जसले उनीहरूको आर्थिक व्यवस्थापनमा समेत सहजता ल्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.