April 19, 2026
Trending
Follow Us :

दीपक बोहोरा प्रवास विभाग प्रमुखमा नियुक्ति, अमेरिकाबाट राजेश पाण्डेको बधाई सन्देश

काठमाडौं/अमेरिका — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग प्रमुखमा माननीय दीपक बोहोरा नियुक्त हुनुभएकोमा अमेरिकामा बसोबास गर्नुहुने समाजसेवि तथा व्यवसायी , प्रवास नेपाली सम्पर्क समितिका सल्लाहकार राजेश पाण्डे ले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक अभियन्ता तथा प्रवासमा सक्रिय व्यक्तित्व पाण्डेले जारी गर्नुभएको सन्देशमा बोहोराको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले प्रवासमा रहेका नेपालीहरूको हक, हित र पहिचानलाई सशक्त बनाउन बोहोराको नेतृत्व महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ।

त्यसैगरी, प्रवास नेपाली समुदायबीच एकता, सहकार्य र सशक्त आवाज निर्माणमा नयाँ नेतृत्वले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

पाण्डेले बोहोरासँग भविष्यमा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा प्रभावकारी कार्यहरू अघि बढ्ने विश्वास समेत व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.