काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रिया खुला गरिएको छ। महाधिवेशन यही मार्च १४ देखि १६ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।
निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता गर्ने अन्तिम समय भोलि, मार्च ११ गते दिउँसो ४:०० बजे (नेपाल समय) सम्म तोकिएको छ।
उम्मेदवारहरूले अनलाइनमार्फत उम्मेदवारी दर्ता गर्न सक्ने व्यवस्था गरिएको भए पनि उम्मेदवारीको प्रमाणीकरणका लागि काठमाडौंस्थित निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने प्रावधान राखिएको जनाइएको छ।
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि हुन लागेको यस महाधिवेशनलाई विश्वभर रहेका गैरआवासीय नेपालीहरूले चासोका साथ हेरेका छन्।