April 20, 2026
Trending
Follow Us :

एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी

काठमाडौंरोजीना प्रधान राई ले गैरआवासीय नेपाली संघ एनआरएनए आईसीसी उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। आगामी कार्यकालका लागि उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै विश्वभर रहेका प्रवासी नेपालीहरूको अधिकार, हित र सहभागितालाई थप सशक्त बनाउने लक्ष्यका साथ नेतृत्वमा आउने तयारी गरेको बताएकी हुन्।

लामो समयदेखि प्रवासमा बसेर नेपाली समुदायका विभिन्न सामाजिक, सांस्कृतिक तथा संस्थागत गतिविधिमा सक्रिय रहँदै आएकी राईले एनआरएनएलाई अझ प्रभावकारी, पारदर्शी र समावेशी संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले प्रवासी नेपालीहरूको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा अझ बलियो रूपमा उठाउँदै उनीहरूका समस्या समाधानका लागि संस्थागत पहल आवश्यक रहेको उल्लेख गरिन्।

राईका अनुसार प्रवासी नेपालीहरूले विश्वभर हासिल गरेका सीप, अनुभव र सम्भावनालाई नेपालसँग जोड्ने काम एनआरएनएको मुख्य दायित्व हो। यसका लागि उनले डायस्पोराको ज्ञान, सीप र लगानीलाई नेपालको सामाजिक–आर्थिक विकाससँग जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्ने योजना रहेको बताइन्।

उम्मेदवारी घोषणा गर्दै उनले विशेषगरी महिला नेतृत्व सशक्तीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएको उल्लेख गरिन्। एनआरएनएभित्र महिलाको नेतृत्व र सहभागिता अझ बढाउन आवश्यक रहेको बताउँदै उनले निर्णय प्रक्रियामा महिलाको समान र अर्थपूर्ण उपस्थिति सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

त्यसैगरी युवाहरूको सक्रिय सहभागिता बढाउने, विश्वभर रहेका नेपाली समुदायबीच एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने तथा नयाँ पुस्तालाई संस्थागत नेतृत्वमा जोड्ने कार्यक्रम पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताइन्।

राईले एनआरएनएलाई विश्वभरका नेपालीहरूको साझा र विश्वासिलो संस्थाका रूपमा विकास गर्न पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी कार्यशैली आवश्यक रहेको उल्लेख गरिन्। उनले संस्थालाई अझ बलियो बनाउन सबै प्रवासी नेपालीहरूको सहयोग, सहकार्य र समर्थन आवश्यक पर्ने पनि बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.