April 20, 2026
Trending
Follow Us :

एनआरएनए आईसीसी अध्यक्षमा डा. हेमराज शर्माको उम्मेदवारी दर्ता, सहमतिको सम्भावना कमजोर

काठमाडौंडा. हेमराज शर्मा ले गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी अध्यक्ष पदका लागि औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्नुभएको छ। आगामी कार्यकालका लागि सहमति मा नेतृत्व चयन प्रक्रिया चलिरहँदा शर्माले आफ्नो दाबी प्रस्तुत गर्नुभएको हो।

एनआरएनए भित्र नेतृत्व चयनका विषयमा लामो समयदेखि विभिन्न समूहबीच छलफल र सहमति प्रयास हुँदै आएको भए पनि हालसम्म ठोस सहमति जुट्न सकेको छैन। पछिल्लो अवस्थालाई हेर्दा सहमतिमार्फत नेतृत्व चयन हुने सम्भावना क्रमशः कमजोर बन्दै गएको देखिन्छ।

यहीबीच विभिन्न पदका आकांक्षीहरूले क्रमशः उम्मेदवारी दर्ता गर्न थालेसँगै एनआरएनए भित्र अब प्रत्यक्ष निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना बलियो बन्दै गएको विश्लेषण गरिएको छ।

अध्यक्ष पदका लागि  सर्वसम्मत  गर्ने चर्चा भइरहेका बेला शर्माको उम्मेदवारी दर्तालाई पनि महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरिएको छ।

एनआरएनएभित्र सहमति प्रयास जारी रहे पनि अब संस्थाको नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुने सम्भावना बढ्दै गएको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.