April 19, 2026
Trending
Follow Us :

महानगर यातायातले संचालनमा ल्यायो टाटाका थप ४० वटा बस

महानगर यातायात प्रालिले टाटाका थप ४० वटा बसहरु संचालनमा ल्याएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी विहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्षसन्तोष खतिवडाले जानकारी दिएका हुन् । उनका अनुसार नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ ।

उनले भने,‘हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदैछ । नयाँ बस थपिएसंगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ । सिप्रदी ट्रेडिङ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठज्यूको हातबाट ती बसहरुको चावी लिदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौं ।’

नयाँ बसहरु संचालनमा आएसंगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ । आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.