April 19, 2026
Trending
Follow Us :

“फुकुओका फेस्टिवलले प्रवासी नेपालीको एकता र पहिचान झल्काएको छ” — टंक गैरे

फुकुओका (जापान) — फुकुओका नेपाली फेस्टिवल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। क्यूशु क्षेत्रीय समितिको आयोजनामा सम्पन्न उक्त फेस्टिवलमा गैरआवासीय नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष समाजसेवि तथा व्यवसायी टंक गैरेले कार्यक्रममा उपस्थित हुँदै फेस्टिवलले विदेशमा रहेका नेपालीहरूको एकता, पहिचान र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

उनले यस्ता कार्यक्रमहरूले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गर्दै प्रवासी नेपालीहरूको सक्रियता प्रशंसनीय रहेको धारणा व्यक्त गरे।

फेस्टिवलमा नेपाली सांस्कृतिक प्रस्तुति, परम्परागत खानाका स्टल, तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिएको थियो। जापानी समुदायको समेत उल्लेखनीय उपस्थिति र सहयोगले कार्यक्रमलाई अझ आकर्षक बनाएको आयोजकले जनाएको छ।

यस प्रकारका कार्यक्रमहरूले विदेशमा बसोबास गर्ने नेपालीहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै नेपालको कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.