April 19, 2026
Trending
Follow Us :

वेस्ट इण्डिजविरुद्धको खेलअघि कप्तान रोहित अस्वस्थ

काठमाडौँ: नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेललाई अस्वस्थ्य भएका छन् ।

 

जारी टी-२० विश्वकप अन्तर्गत आइतबार हुने वेस्ट इण्डिजविरुद्धको खेल अघि कप्तान पौडेल अस्वस्थ भएको राष्ट्रिय टिमका प्रशिक्षक स्टुअर्ट लले जानकारी दिएका छन् ।

 

खेल अघि शनिबार पत्रकार सम्मेलनमा बोल्दै लले कप्तान रोहितलाई ज्वरो आएको र भोलीको खेलसम्म ठिक हुने विश्वास व्यक्त गरे । उनले भने- ‘रोहितलाई ज्वरो आएको छ। उनलाई पेटमा पनि केही समस्या देखिएको छ । तर भोलिको खेलमा उनी ठीक हुने आशा गरेका छौं ।’

 

शनिबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले वानखेडे स्टेडियममा गरेको अभ्यास गरेपनि रोहित अनुपस्थित भएपछि प्रश्न उठेको थियो ।

 

टी-२० विश्वकपमा समुह सी मा रहेको नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.