काठमाडौं। बालेन शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
हाल विकसित असामान्य परिस्थितिलाई मध्यनजर गर्दै उनले सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न तथा अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न अनुरोध गरेका छन्।
त्यस्तै, नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्न, आधिकारिक सूचना र विश्वसनीय समाचारमा मात्र विश्वास गर्न तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन उनले अपिल गरेका छन्।
“सुरक्षित रहनुहोस्, सजग रहनुहोस्,” भन्दै शाहले सबै नेपालीलाई धैर्य र एकता कायम राख्न आग्रह गरेका छन्।