April 19, 2026
Trending
Follow Us :

काठमाडौँबाट मध्यपूर्वका विभिन्न देशमा जाने अन्तर्राष्ट्रिय उडान रद्ध

काठमाडौँ: अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि हवाई उडान प्रभावित बनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका हुन् । त्रिभुवन विमानस्थलका अनुसार शारजाह, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएको छ ।

यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ । यसअघि काठमाडौँबाट साउदीका लागि उडेको एयर अरेबियाको विमान ओमानमा अवतरण गराइएको छ ।

यसैबीच नेपाली हिमालय एयरलाइन्सले मध्यपूर्वका दुबई, दमाम र दोहाका सबै उडान अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.