April 19, 2026
Trending
Follow Us :

एनआरएनए युरोप क्षेत्रीय महिला संयोजकमा बाबा राजेश्वरी थापाको उम्मेदवारी घोषणा

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि युरोप क्षेत्रीय महिला संयोजक पदमा बाबा राजेश्वरी थापाले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि डायस्पोराका विविध मुद्दाहरूमा सक्रिय रहँदै आएकी थापाले विशेषगरी महिलाको हक, अधिकार, समानता र सशक्तिकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।

उम्मेदवारी घोषणा गर्दै उनले युरोपमा रहेका नेपाली श्रमिक महिलाहरूको हकहितको संरक्षण, उनीहरूको समस्याको पहिचान र समाधानका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “आवाजविहीन दिदीबहिनीहरूका लागि म सशक्त आवाज बन्न चाहन्छु,” उनले भनिन्।

विभिन्न सामाजिक प्लेटफर्ममार्फत नेपाली समुदायको हितमा निरन्तर क्रियाशील रहँदै आएकी थापाले एनआरएनएलाई अझ प्रभावकारी, उत्तरदायी र समावेशी बनाउन आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन्। “युरोपमा टुटेका मनहरू जोड्ने, आपसी समझदारी र सहकार्य बढाउने तथा सम्पूर्ण डायस्पोरालाई एकताबद्ध, सशक्त र संगठित बनाउने मेरो स्पष्ट प्रतिबद्धता छ,” उनले उल्लेख गरिन्।

महिलाको सम्मान, समान सहभागिता र नेतृत्व सुनिश्चित गर्दै न्यायपूर्ण र समावेशी संगठन निर्माणतर्फ आफू पूर्ण रूपमा समर्पित रहने उनको भनाइ छ। आफ्नो अभियानलाई सफल बनाउन उनले युरोपवासी सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसँग साथ, सुझाव र विश्वासको अपेक्षा समेत राखेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.