April 19, 2026
Trending
Follow Us :

एनआरएनए युरोप उपसंयोजकमा यज्ञ नारायण पौडेलको उम्मेदवारी, एकता र पारदर्शी नेतृत्वमा जोड

काठमाडौं – एनआरएनए को आगामी १२औँ महाधिवेशनको सन्दर्भमा युरोप उपसंयोजक (DRC) पदका लागि यज्ञ नारायण पौडेल ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

युरोपभर रहेका प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै उनले यो महाधिवेशनलाई केवल निर्वाचन मात्र नभई विश्वास, एकता र संस्थागत सुधारको अवसरका रूपमा लिनुपर्ने बताएका छन्। प्रवासमा बस्दै नेपाली समुदायका हक–हितका लागि लामो समयदेखि सक्रिय रहेको उल्लेख गर्दै पौडेलले आफ्नो उम्मेदवारी सेवा र जिम्मेवारीको भावनासहित आएको बताए।

उनका अनुसार युरोप विविध भाषा, संस्कृति र कानुनी प्रणाली भएको क्षेत्र भए पनि सबैलाई जोड्ने साझा आधार नेपाली पहिचान नै हो। यही आधारमा एनआरएनए युरोप संरचनालाई अझ पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउँदै राष्ट्रिय समन्वय परिषद् (NCC) र NRNA International Coordination Council (ICC) बीच समन्वय बढाएर ठोस परिणाममुखी काम गर्ने लक्ष्य उनले अघि सारेका छन्।

पौडेलले एनआरएनएको विश्वसनीयता र साखलाई पुनः सुदृढ बनाउन नयाँ सोच र योजनासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार युवा तथा नयाँ पुस्तालाई संघमा सक्रिय रूपमा जोड्दै नेपालसँगको आर्थिक, सामाजिक, पर्यटन तथा कला–संस्कृति सम्बन्धलाई थप बलियो बनाउने पहल आवश्यक छ।

संस्थाभित्र आरोप–प्रत्यारोप र गुटगत राजनीति भन्दा सहकार्य, पारदर्शिता र प्रणालीमा आधारित नेतृत्वको अभ्यास आवश्यक रहेको उल्लेख गर्दै उनले सबै सदस्यलाई एकताबद्ध भएर संस्थालाई सुदृढ बनाउन आह्वान गरेका छन्।

पौडेलले नेतृत्वलाई शक्ति प्रदर्शनको माध्यम नभई सेवा र जिम्मेवारी वहन गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्दै प्रवासी नेपाली समुदायको विश्वास जित्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी अघि सारेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.