April 19, 2026
Trending
Follow Us :

कतारका नेपाली व्यवसायीको संघर्ष समेटिएको पुस्तक ‘संघर्षबाट समृद्धितर्फ’ सार्वजनिक, उच्च अधिकारीलाई हस्तान्तरण

काठमाडौंमहेन्द्र प्रसाद चम्लागाईं , अध्यक्ष नेपाल व्यवसायी संघ कतार, ले कतारमा सफल भएका नेपाली व्यवसायीहरूको अनुभव र संघर्ष समेटिएको पुस्तक ‘संघर्षबाट समृद्धितर्फ’ नेपालका विभिन्न उच्चपदस्थ अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिलाई हस्तान्तरण गरेका छन्।

काठमाडौंमा भएको भेटघाटका क्रममा उनले बालानन्द शर्मा (परराष्ट्र मन्त्री), दानबहादुर कार्की (नेपाल प्रहरी महानिरीक्षक), रामकाजी खडका(परराष्ट्र मन्त्रालयका सहसचिव) तथा चन्द्र प्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ) सँग भेट गर्दै पुस्तक प्रदान गरेका हुन्।

उक्त पुस्तकमा कतारलाई कर्मभूमि बनाएर व्यवसायमा सफलता हासिल गरेका ६८ जना नेपाली उद्यमीहरूको जीवनयात्रा समेटिएको छ। उनीहरूले कतार पुगेपछि सामना गरेका प्रारम्भिक कठिनाइ, संघर्ष, चुनौती र त्यसपछि प्राप्त गरेको सफलताको कथा पुस्तकमा सरल र प्रेरणादायी ढंगले प्रस्तुत गरिएको बताइएको छ।

अध्यक्ष चम्लागाईका अनुसार पुस्तकले विदेशमा व्यवसाय सुरु गर्न चाहने नेपाली युवाहरूलाई प्रेरणा दिने मात्र होइन, सफलता प्राप्त गर्न कस्तो मेहनत, धैर्यता र संघर्ष आवश्यक पर्छ भन्ने सन्देश पनि दिनेछ।

उच्चपदस्थ व्यक्तित्वहरूसँग भेटघाट गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै उनले विदेशमा स्थापित नेपाली व्यवसायीहरूको अनुभव र कथा भावी पुस्ताका लागि मार्गदर्शक बन्ने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.