April 19, 2026
Trending
Follow Us :

फुटबल कप्तान सावित्राको घुँडाको शल्यक्रिया सफल

११ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी साम्बाको घुँडाको शल्यक्रिया सफल भएको छ ।

बुधबार (चैत ११) बिहान डा.साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।

लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु, सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन् ।

खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेका कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि न्युजिल्यान्डमै उपलब्ध विशेषज्ञबाट शल्यक्रिया गरिएको उनले जानकारी दिइन् ।

अब त्यहाँकै डाक्टरको निगरानीमा पुनर्स्थापनाको काम भोलिदेखि सुरू हुने उनले जानकारी दिइन् । स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनले जानकारी दिएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.