April 19, 2026
Trending
Follow Us :

सरकार शेयर बजारप्रति उदार छ, अफवाहप्रति सचेत बनौं- अर्थमन्त्री वाग्ले

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार शेयर बजारप्रति उदार रहेको बताएका छन् ।

 

सोमबार स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीहरूसँग भएको भेटमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकार शेयर बजारको बारेमा उदार रहेको स्पष्ट गर्दै पार्टीको घोषणापत्रमै स्पष्ट दृष्टिकोण राखिएको बताएका छन् । उनले पछिल्लो समय बजारमा फैलाइएका अफवाहप्रति सचेत रहन उनले सबैलाई आग्रह गरे ।

 

अर्थमन्त्री डा. वाग्लेले आगामी बजेट २०४८ यताकै रूपान्तरणकारी र ऐतिहासिक हुने दाबी गरेका छन् । उनले नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा सुशासनका काममा केन्द्रित रहेको बताउदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार निजी क्षेत्रविरोधी नभएको बताए । उनले सरकार निजी क्षेत्रमैत्री रहेको दाबी गर्दै आफ्नो पहिलो निर्णयले नै त्यसको पुष्टि गरेको बताए ।

 

भेटमा एसोसिएसनका प्रतिनिधिहरुले हाल बजारमा गलत हल्ला फैलाइएको, शेयर बेचेर बाहिरिएका तथा पुनः बजारमा प्रवेश गर्न खोज्ने केही समूहले साना लगानीकर्तालाई त्रसित बनाउने अफवाह फैलाइरहेकोप्रति अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.