काठमाडौं/ब्रसेल्स — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग प्रमुखमा माननीय दीपक बोहोरा नियुक्त हुनुभएकोमा बेल्जियमस्थित स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्चका प्रमुख कृष्ण दाहालले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ।
दाहाल ले एक शुभकामना सन्देश जारी गर्दै बोहोराको नियुक्तिले प्रवासमा रहेका नेपालीहरूबीच नयाँ ऊर्जा र उत्साह थपिएको बताएका छन्। समाजसेवि तथा व्यवसायीसमेत रहेका दाहालले बोहोराको नेतृत्वमा प्रवासी नेपालीहरूको हक, हित र पहिचान अझ सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्।
उनले आफ्नो सन्देशमा बोहोराको कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने कामना गर्दै आगामी दिनहरूमा सहकार्य र समन्वयमार्फत सकारात्मक तथा प्रभावकारी कामहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
दाहालले प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र साझा उद्देश्यका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै बोहोराको नेतृत्वमा यस दिशामा ठोस प्रगति हुने अपेक्षा व्यक्त गरेका छन्।
प्रवासमा रहेर पनि नेपाली समाजप्रति निरन्तर योगदान पुर्याउँदै आएका दाहालले यस्तो नेतृत्वले नेपाल र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेका छन्।