April 19, 2026
Trending
Follow Us :

निर्वाचनलाई मितव्ययी बनाउनुपर्छ : अर्थमन्त्री

काठमाडौँ अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिनुभएको छ ।  निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । यद्यपि उहाँले निर्वाचनलाई सफलतापूर्वक सम्पनन गर्न  आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सराहना गर्नुभयो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरुलाई अवगत गराइने  बताउनुभयो । त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र  जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.