April 19, 2026
Trending
Follow Us :

नेतृत्व, सेवा र विश्वव्यापी अनुभूतिको प्रेरणादायी यात्रा

नेपाल थट्स / काठमाडौँ  : हिराधन राई समकालीन नेपाली डायस्पोराका एक विशिष्ट, बहुआयामिक र दूरदर्शी व्यक्तित्वका रूपमा स्थापित नाम हो । व्यवसाय, व्यवस्थापन, सामुदायिक नेतृत्व, सामाजिक सेवा, अन्तर्राष्ट्रिय सहकार्य तथा पर्यटन प्रवर्धनका क्षेत्रमा उनले देखाएको योगदानले उनलाई केवल सफल व्यवसायी मात्र नभई सामाजिक रूपान्तरणका सक्रिय अभियन्ताका रूपमा स्थापित गरेको छ । शिक्षा, अनुशासन, सेवाभाव र निरन्तर कर्मशीलताबाट निर्मित उनको जीवनयात्रा वर्तमान र भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।
प्रारम्भिक जीवन र मूल्य–संस्कार
हिराधन राईको व्यक्तित्व निर्माणमा अनुशासन, परिश्रम र सामुदायिक उत्तरदायित्वको गहिरो प्रभाव देखिन्छ । प्रारम्भिक जीवनदेखि नै मेहनत, इमानदारी र सामूहिक हितप्रतिको प्रतिबद्धता उनका जीवनमूल्यका आधारस्तम्भ बने । यही मूल्य संस्कारले राईलाई जीवनका हरेक मोडमा कठिन परिस्थितिलाई अवसरमा रूपान्तरण गर्ने सामर्थ्य प्रदान गर्‍यो ।
शैक्षिक यात्रा : ज्ञानबाट नेतृत्वतर्फ
राईले Anglia Ruskin University बाट Business Management विषयमा स्नातकोत्तर (MA) उपाधि प्राप्त गरे । रणनीतिक सोच, सङ्गठनात्मक नेतृत्व र निर्णय क्षमतामा बलियो आधार तयार गर्ने उद्देश्यले उनले थप रूपमा OTHM Level 7 Diploma in Strategic Management and Leadership, CMI Level 4 Diploma in Management and Leadership, तथा Farnborough College of Technology बाट Management Diploma हासिल गरे ।

विभिन्न शैक्षिक आयामबाट प्राप्त बहुआयामिक यात्राले उनलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक नेतृत्वतर्फ उन्मुख गरायो ।
अनुशासन र आत्मविकास : तेक्वान्दोबाट नेतृत्वसम्म
हिराधन राई तेक्वान्दो (TKD) का पाँचौँ डिग्रीका ब्ल्याक बेल्ट धारक हुन् । तेक्वान्दोले उनलाई शारीरिक सुदृढतासँगै मानसिक अनुशासन, आत्मनियन्त्रण, लक्ष्यप्रतिको प्रतिबद्धता र कठिन परिस्थितिमा स्थिर रहन सक्ने क्षमता प्रदान गर्‍यो । यही अनुशासन उनको व्यावसायिक तथा सामाजिक जीवनको मूल आधार बनेको देखिन्छ ।
व्यावसायिक जीवन : ३६ वर्षको अन्तर्राष्ट्रिय अनुभव
तीन दशकभन्दा बढी समयदेखि विश्वव्यापी कार्यक्षेत्रमा सक्रिय रहँदै आएका राईसँग ३६ वर्षभन्दा बढीको अन्तर्राष्ट्रिय व्यावसायिक अनुभव रहेको छ । उनले स्वतन्त्र व्यवसाय सञ्चालनदेखि बहुराष्ट्रिय परिवेशमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

Rai has major involvement in Nepal’s hydropower and real estate sectors.


रणनीतिक सोच र नेतृत्व क्षमता
राईको नेतृत्वशैली योजनामुखी, परिणामकेन्द्रित र सहभागितामूलक छ । उद्योगसम्बन्धी जटिल मुद्दा बुझ्ने गहिरो क्षमता, चुनौती र अवसर पहिचान गर्ने दूरदृष्टि तथा समयमै निर्णय लिन सक्ने दक्षताले उनलाई प्रभावकारी नेतृत्वकर्ता बनाएको छ । मार्केटिङका सबै माध्यम (अनलाइन, प्रिन्ट र सामाजिक सञ्जाल) को समग्र प्रयोगमार्फत ग्राहक आधार विस्तार र बिक्री वृद्धिमा उनको योगदान उल्लेखनीय छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग काम गर्दै उनले संस्थागत मूल्य अभिवृद्धि र दिगो वृद्धि सुनिश्चित गरेका छन् ।
सामुदायिक नेतृत्व : सेवा नै पहिचान
व्यवसायसँगै सामाजिक उत्तरदायित्वलाई समान महत्त्व दिने राई नेपाली समुदायभित्र अत्यन्त सम्मानित व्यक्तित्वका रूपमा स्थापित छन् । उनले RojiHira Foundation का संस्थापक अध्यक्ष तथा पूर्व संस्थापक महासचिव रही संस्थापक योगदान दिइसकेका छन् । NRNA UK का पूर्व दुई कारे काल उपाध्यक्ष (2013–2017), UK Nepal Friendship Society (UKNFS) का महासचिव तथा प्रमुख सल्लाहकार, NRN ICC का वर्तमान सल्लाहकार (2023–2025), लगायतका बीभीन सगसंस्थामा सल्लाहकार भूमिकाले उनको अभिभावकीय भूमिकालाई थप विशिष्ट बनाएको छ ।
सामाजिक सेवा र मानवीय योगदान
राईको जीवनको सबैभन्दा प्रेरणादायी पक्ष उनको सामाजिक व्यक्तित्व हो । समाज सेवा नै जीवनको मूल आधार ठान्ने राईले २०१५ को विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा राहत सामग्री, स्वास्थ्य शिविर (१,००० भन्दा बढी परिवार गरे । भूकम्पको घाउ सुक्न नपाउँदै विश्वव्यापि रूपमा फैलिएको कोभिड–१९ महामारीका समयमा दुवै चरणमा नेपाल र बेलायतमा खाद्यान्न, अक्सिजन, PPE, स्वास्थ्य सामग्री वितरण गरी राईले मानवताको उच्च नमुना प्रस्तुत गरे । अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि खाद्यान्न र रोजगारी परामर्श, NRN सँग मिलेर सेन्टर स्थापनामा सहयोग (नेपालमा पहिलोपटक १० खेलकुद ह्वीलचेयर), खोटाङ जिल्लामा विद्यालयमा निःशुल्क ई–लाइब्रेरी, स्वास्थ्य चौकीलाई मेडिकल किट, प्रदेश १, विराटनगर मा १४५ घर निर्माण (२०२२) जस्ता कार्यले उनको सेवाभावलाई कति व्यापक थियो र छ भन्ने कुरा प्रस्ट पार्दछ ।
अन्तर्राष्ट्रिय अनुभव र विश्वव्यापी पहुँच
राईले एसिया, युरोप, अफ्रिका, मध्यपूर्व र अमेरिका गरी २५ भन्दा बढी देशहरू (UK, USA, Japan, Germany, France, Afghanistan, Iraq, Kosovo, Kenya, Australia, Canada, New Zealand, Belgium, Malaysia, Korea, Qatar, Oman, Dubai लगायत) को भ्रमण सम्पन्न गरिसकेका छन् ।
सामाजिक कर्म, नेतृत्व र कर्मशील व्यक्तित्वका कारण राईले दीर्घकालीन सेवा, अनुशासन र योगदानका लागि Queen Elizabeth Golden Jubilee Medal, Diamond Jubilee Medal, Kings Coronation Medal, Afghanistan, Kosovo, Sierra Leone, Macedonia लगायतका पदक तथा सम्मानबाट विभूषित एवम् सम्मानित छन् ।
पर्यटन प्रवर्द्धन र राष्ट्रिय दृष्टि
पर्यटन क्षेत्रप्रति गहिरो रुचि राख्ने राई दिगो पर्यटन, गन्तव्य व्यवस्थापन र सांस्कृतिक आदान–प्रदानका रूपमा परिचित छन् । यदि नेपालका पर्यटन राजदूतको जिम्मेवारी दिइएमा, नेपालको संस्कृति, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने दृढ आत्मविश्वास उनीभित्र देखिन्छ ।
राजनीतिक तथा कूटनीतिक सहकार्य
राई बेलायतका विभिन्न सांसद, काउन्सिलर तथा पूर्व प्रधानमन्त्रीसँग सहकार्य गर्दै सामुदायिक र कूटनीतिक सम्बन्ध विस्तारमा सक्रिय देखिन्छन् । यसले उनको पहुँच, विश्वास र प्रभावलाई अझ सुदृढ बनाएको छ ।
हिराधन राईको जीवन केवल व्यक्तिगत सफलता मात्र नभई सामूहिक उन्नतिको कथाका रूपमा स्थापित छ । शिक्षा, अनुशासन, व्यवसायिक दक्षता, सामाजिक उत्तरदायित्व र अन्तर्राष्ट्रिय दृष्टिकोणको संयोजनबाट निर्मित उनको व्यक्तित्व वर्तमान समाजका लागि प्रेरणायी कथा हो । अरूको जीवनलाई समेत उज्यालो बनाउनुपर्छ भन्ने सोच राख्ने व्यक्तिले मात्र सफलता प्राप्त गर्न सक्छ भन्ने सन्देश उनको जीवनीबाट लिन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.