डेनमार्कस्थित नेप्लिज बिजनेस एसोसिएसन को मिति २५ जनवरी २०२६ मा भएको साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। संस्थापक अध्यक्ष मिलन टी. श्रेष्ठलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा चयन गरिएको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा शशी श्रेष्ठ, महासचिवमा किशोर प्रसाई (निरज), सचिवमा सुवर्ण गौतम, कोषाध्यक्षमा बबि क्षेत्री, लेखा निरीक्षकमा नबिन राज पौडेल र सदस्यहरूमा कृष्ण अधिकारी, बुद्धि सापकोटा, सिता विश्वकर्मा, पुनम श्रेष्ठ, प्रकाश बिष्ट, प्रकाश श्रेष्ठ, योगेश भट्टराई, सुवास ढुंगाना, सन्जिब साम गिरी, अनु अधिकारी रहेका छन्।