April 19, 2026
Trending
Follow Us :

पशुपतिनाथमा महाशिवरात्रि चहलपहल, साधुसन्तको लागि दाउरा–भोजन र दक्षिणा व्यवस्था

२ फागुन, काठमाडौं । महाशिवरात्रि पर्व नजिकिँदै गर्दा पशुपतिनाथ मन्दिर र वरपरका क्षेत्र साधुसन्तको चहलपहलले भरिन थालेका छन्। हरेक वर्षझैँ यस वर्ष पनि नेपालसहित भारतबाट ठूलो संख्यामा साधुसन्तहरू दर्शनका लागि यहाँ आइपुगेका छन्।

गुठी संस्थानले यस वर्ष शुक्रबारदेखि नै महाशिवरात्रि पर्वको औपचारिक कार्यक्रम सुरु गरिसकेको छ। फागुन ३ गते (आइतबार) मुख्य पर्व परे पनि संस्थानले पर्वलाई फागुन ५ गतेसम्म निरन्तर सञ्चालन गर्ने जनाएको छ।

पर्वअवधिभर पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडामा आएका साधुसन्तका लागि गुठी संस्थानले दाउरा, भोजन, पूजा सामग्री र दक्षिणालगायत आवश्यक सेवाको प्रबन्ध मिलाएको छ। फागुन ५ गते बिहान साधुसन्तलाई सामूहिक भोजन गराइएपछि उनीहरूको दक्षता र वर्गअनुसार विभिन्न रङका कार्ड वितरण गरिनेछ। सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरी साधुसन्तलाई बिदाइ गरिने संस्थानले जनाएको छ।

गत वर्ष महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा २ हजार ३८९ जना साधुसन्त सहभागी भएका थिए। उनीहरूलाई वर्गीकरण गरी दक्षिणासहित बिदाइ गरिएको थियो। संस्थानका अनुसार, गत वर्ष दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६७१ रुपैयाँ खर्च भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.