April 19, 2026
Trending
Follow Us :

वंशजको नागरिकता कार्यान्वयनबारे स्पष्ट रोडम्याप माग्दै एनआरएनए क्यानडाका वरिष्ठ उपाध्यक्ष सन्तोष दाहाल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका वरिष्ठ उपाध्यक्ष सन्तोष दाहालले वंशजको नागरिकताको निरन्तरतासम्बन्धी विषयमा स्पष्ट कार्ययोजना, प्रगति विवरण र कार्यान्वयनको रोडम्याप सार्वजनिक गर्न आग्रह गरेका छन्।
दाहालले राजेन्द्र लिङ्देन ले व्यक्त गरेको “एकपटकको नेपाली, सधैं नेपाली” भन्ने प्रतिबद्धता सकारात्मक र स्वागतयोग्य भएको उल्लेख गर्दै, यसले विदेशमा बसोबास गर्ने लाखौं नेपालीहरूको भावना र अपेक्षालाई सम्बोधन गरेको बताएका छन्। उनले उक्त धारणा र प्रतिबद्धताप्रति सम्मान व्यक्त गर्दै त्यसलाई व्यवहारिक उपलब्धिसँग जोड्न आवश्यक रहेको बताएका हुन्।
नेपालमा नयाँ संविधान जारी भएको करिब एक दशक बितिसकेको सन्दर्भ उल्लेख गर्दै दाहालले विदेशमा रहेका नेपालीहरूको जिज्ञासा अझै स्पष्ट कार्यान्वयन र ठोस प्रगतिसँग जोडिएको बताएका छन्। विशेषगरी, लिङ्देन उपप्रधानमन्त्रीको हैसियतमा तथा सरकारमा रहँदा, वा उहाँको पार्टीले यस विषयमा के–कस्ता पहल, प्रयास वा नीतिगत कदमहरू चालेको हो भन्ने विषयमा स्पष्ट जानकारी सार्वजनिक हुनुपर्ने उनको माग छ।
दाहालले विगतमा यस विषयमा के–कस्ता चुनौतीहरू आए, किन अपेक्षित परिणाम हासिल हुन सकेन, र अब आगामी दिनमा यसलाई कार्यान्वयन गर्न के ठोस योजना रहेको छ भन्ने विषयमा स्पष्ट विवरण दिनुपर्ने बताएका छन्। “यदि यस्ता विषयहरूको स्पष्ट जानकारी, प्रगति विवरण तथा कार्ययोजना सार्वजनिक गरियो भने, प्रतिबद्धता अझ विश्वासयोग्य, उत्तरदायी र परिणाममुखी बन्नेछ,” उनले उल्लेख गरेका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा व्यक्त गरिने महत्वपूर्ण घोषणाहरू व्यवहारिक उपलब्धि र स्पष्ट रोडम्यापसँग जोडिनु आवश्यक रहेको बताउँदै दाहालले विदेशमा रहेका नेपालीहरू भावनात्मक अभिव्यक्तिभन्दा बढी नीतिगत स्पष्टता, कार्यान्वयनको प्रतिबद्धता र उत्तरदायित्वको अपेक्षा राख्ने बताएका छन्।
उनले नेतृत्व तहबाट यस्ता विषयमा थप स्पष्टता आए विश्वभर रहेका नेपालीहरू अझ आशावादी र कृतज्ञ हुने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.