गुणस्तर, विश्वास र आत्मनिर्भर औषधि उद्योगतर्फ दृढ अग्रसर
“स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प” भन्ने मूल मन्त्रका साथ स्थापित ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेड को बजारीकरणको दोस्रो वार्षिकोत्सवको अवसरमा कम्पनीका सञ्चालक अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सम्पूर्ण शेयरधनी महानुभाव, ग्राहक वर्ग, चिकित्सक, वितरक, स्वास्थ्यकर्मी, नियामक निकाय, बैंक तथा वित्तीय साझेदार, सञ्चारकर्मी एवं कर्मचारी परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन ।
उहाँले नेपाली औषधि उद्योगलाई गुणस्तर, पहुँच र विश्वासको नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ कम्पनी निरन्तर अघि बढिरहेको उल्लेख गरेका छन । GMP मार्गदर्शन तथा उच्च गुणस्तरीय उत्पादन प्रणालीलाई मूल आधार मानी सुरक्षित, प्रभावकारी र सुलभ औषधि उत्पादनतर्फ कम्पनी प्रतिबद्ध रहेको पनि उहाले जानकारी दिनु भयो ।
नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा OMPL सङ्केतअन्तर्गत सूचीकृत रही ६० करोड रुपैयाँ चुक्ता पूँजी (६० लाख कित्ता सूचीकृत शेयर) का आधारमा कम्पनी अघि बढिरहेको जानकारी दिँदै उहाँले लगानीकर्ताप्रतिको कर्तव्य पारदर्शिता, सुशासन, जोखिम व्यवस्थापन र दीर्घकालीन मूल्य सिर्जना रहेको बताउनु भयो ।
उहाँले जनस्वास्थ्यमा भरोसा अभिवृद्धि गर्दै उद्योगमा आत्मनिर्भरता र नेपालमै निर्मित औषधिको प्रतिष्ठा निर्माण गर्ने लक्ष्यसहित आगामी दिनमा उत्पादन विस्तार, गुणस्तर प्रत्याभूति सुदृढीकरण, बजार विस्तार तथा संस्थागत क्षमतामा थप लगानी गर्दै स्थिर र जिम्मेवार वृद्धितर्फ उन्मुख रहने प्रतिबद्धता व्यक्त गरेका छन ।
यस विशेष अवसरमा स्वास्थ्यका लागि गुणस्तर, लगानीकर्ताका लागि विश्वास र राष्ट्रका लागि आत्मनिर्भर औषधि उद्योग निर्माणको संकल्पसहित पुनः हार्दिक धन्यवाद व्यक्त गरेका छन ।
