April 19, 2026
Trending
Follow Us :

नेपालीहरूलाई उच्च सतर्कता अपनाउन ,रोबिन शेरचन को विशेष अपिल

काठमाडौं :  गैरआवासीय नेपाली संघ  को अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचन ले मध्यपूर्व क्षेत्रमा विकसित असामान्य सुरक्षा अवस्थालाई ध्यानमा राख्दै त्यहाँ बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

शेरचन ले जारी गरेको अपिलमा साइरन बजेको अवस्थामा तुरुन्तै नजिकैको बम सेल्टर वा सुरक्षित स्थानमा जान, स्थानीय सरकार तथा सुरक्षा निकायले जारी गरेका निर्देशन, कफ्र्यु र निषेधाज्ञाको कडाइका साथ पालना गर्न अनुरोध गरिएको छ। साथै, अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, भीडभाडबाट टाढा रहन र अनावश्यक यात्रा स्थगित गर्न पनि उनले सुझाएका छन्।

उनका अनुसार नेपालीहरूले आफ्नो मोबाइल सधैं चार्ज अवस्थामा राखी परिवार तथा कार्यस्थलसँग नियमित सम्पर्कमा रहनुका साथै राहदानी, परिचयपत्र र आवश्यक नगदसहित ‘इमर्जेन्सी झोला’ तयारी अवस्थामा राख्नुपर्छ।

शेरचन ले सामाजिक सञ्जालमा फैलिने भ्रामक हल्लाहरूको पछि नलागी नेपाल सरकारको परराष्ट्र मन्त्रालय, सम्बन्धित देशस्थित नेपाली राजदूतावास तथा NRNA अन्तर्गतका राष्ट्रिय समन्वय परिषद् (NCC) का आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गरेका छन्।

“आफ्नो सुरक्षामा सम्झौता नगर्नुहोस्। सतर्क रहनुहोस्, सुरक्षित रहनुहोस्,” उनले अपिलमा उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.