April 19, 2026
Trending
Follow Us :

एनआरएनएको निर्वाचन कार्यतालिका परिमार्जन, उम्मेदवारी अनलाइनबाट दर्ता गर्न सकिने

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिकामा परिमार्जन गरिएको छ। निर्वाचन समितिका सदस्य चिरञ्जीवी ढकालका अनुसार मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै समितिले संघको आसन्न निर्वाचन कार्यतालिकामा सोमबार केही संशोधन गरेको हो।

संशोधित व्यवस्थाअनुसार अब उम्मेदवारी अनलाइनमार्फत पनि दर्ता गर्न सकिनेछ। साथै उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकको सनाखतका लागि मार्च १२ तारिखसम्म नेपाल आइपुग्न सकिने गरी कार्यतालिका समायोजन गरिएको छ।

त्यसैगरी, क्षेत्रीय पदाधिकारीका लागि प्रस्तावक र समर्थक अन्य क्षेत्रबाट पनि हुन सक्ने व्यवस्था गर्ने विषयमा निर्वाचन समितिमा छलफल जारी रहेको जनाइएको छ।

संघको १२औं महाधिवेशन तथा निर्वाचन आगामी मार्च १४ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.