— प्रबल जंग पाण्डे
काठमाडौँ । कठिन राजनीतिक परिस्थितिमा देशको नेतृत्व सम्हाल्दै स्थिरता र सुशासनको मार्गतर्फ अघि बढाउन , यहाँले जलिरहेको देशको साहसपूर्वक जिम्मेवारी लिएर, सुशासन प्रदान गर्दै, जेन्जी आन्दोलनमा शहीद भएका र घाइते परिवारलाई सम्मान, क्षतिपूर्ति तथा घाइतेहरूको समयमै उचित उपचार गराई, सम्पूर्ण राजनीतिक दलहरूलाई विश्वासमा लिई कुनै अप्रिय घटना हुन नदिई देशैभरि एकैपटक भयमुक्त र निष्पक्ष निर्वाचन गराउन सफल भई देशलाई निकास दिनुभएकोमा आज म देशको नागरिक हुन पाउँदा गौरवान्वित ठान्दछु।
म सम्झन्छु—यहाँलाई मन्त्री छनोट गर्दा परेको अप्ठेरो। म सम्झन्छु—घरबारविहीन नेतालाई विश्वासमा लिँदा परेको कठिनाइ। म सम्झन्छु—व्यवसाय जलेका व्यवसायीहरूको मनोबल बढाउन उहाँले हरेक कार्यक्रममा उपस्थित भई दिएको ढाडस। म सम्झन्छु—व्यवसायीलाई क्षतिपूर्ति दिलाउन पुनर्निर्माणका लागि भन्सार छुट दिएको निर्णय। म सम्झन्छु—व्यवसायीहरूलाई परेको असर न्यूनीकरण गर्न ऋणलाई पुनर्संरचना र पुनर्तालिकीकरण गर्ने सुविधा दिएको व्यवस्था। म सम्झन्छु—दसैंको समयमा आएको बाढी–पहिरोको व्यवस्थापन।
यहाँले विषम परिस्थितिमा देशलाई निकास दिलाई संविधानलाई सही बाटोमा ल्याउन सफल हुनुभएकोमा देश सधैं यहाँप्रति अनुग्रहित रहनेछ।
सलाम प्रधानमन्त्रीज्यू॥