April 19, 2026
Trending
Follow Us :

थकाली सेवा समिति बेल्जियमद्वारा फागुपूर्णिमा तथा तोरणल्ह कार्यक्रम सम्पन्न

बेल्जियम :  थकाली  समुदायको महान पर्व फागुपूर्णिमाको अबसरमा थकालि सेवा समिति बेल्जिएम  ले तोरणल्ह कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बेल्जियममा बसोबास गर्ने थकाली समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका अवसरमा समितिका अध्यक्ष  अजित तुलाचन  ले फागुपूर्णिमाको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दै व्यस्त समयका बाबजुद कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले थकाली सेवा समिति बेल्जियमले आयोजना गरेको तोरणल्ह कार्यक्रममा आफ्नो अमूल्य समय निकालेर सहभागी हुने सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन रातदिन खटिएका थकाली दाजुभाइ तथा चेलीहरूलाई विशेष धन्यवाद दिएका छन्।

अध्यक्ष तुलाचनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमितिलाई बधाई दिँदै आफ्नो नेतृत्वमा समुदायको हितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफूलाई थकाली सेवा समिति बेल्जियमको अध्यक्ष पदमा विश्वास गरी जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण थकाली सदस्यहरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गर्दै आगामी कार्यकालमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन्।

साथै आगामी कार्यकाल २०२६–२०२८ का लागि मनोनीत सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरिएको छ। 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.