April 19, 2026
Trending
Follow Us :

एनआरएनए आईसीसी अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता, सशक्त र एकीकृत संस्थाको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को अध्यक्ष पदका लागि रोविन शेरचन ले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन्। प्रवासमा रहेका नेपालीहरूको साझा संस्थालाई नयाँ ऊर्जा, स्पष्ट दृष्टि र जिम्मेवार नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

लामो समयदेखि विदेशमा बसेर नेपाली समुदायको हक–हित, एकता र पहिचानका लागि सक्रिय रूपमा काम गर्दै आएका शेरचनले “एकीकृत, सशक्त र परिणाममुखी एनआरएनए” निर्माण गर्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्। विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै अभियानमा जोड्दै संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने उनको मुख्य प्रतिबद्धता रहेको छ।

उनले विशेषगरी युवाहरूको सक्रिय सहभागिता बढाउने, प्रवासी नेपालीको लगानी, ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्ने तथा एनआरएनएलाई विश्वभर रहेका नेपालीहरूको भरोसायोग्य संस्थाको रूपमा थप मजबुत बनाउने योजना अघि सारेका छन्।

शेरचनको उम्मेदवारी सार्वजनिक भएसँगै एनआरएनएभित्र नेतृत्व र भविष्यको दिशाबारे नयाँ बहस र उत्साह देखिएको छ। विभिन्न देशमा रहेका नेपाली समुदायका अगुवाहरूले पनि संस्थालाई एकताबद्ध, प्रभावकारी र परिणाममुखी बनाउने नेतृत्वको आवश्यकता रहेको बताउँदै उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको जनाएका छन्।

आगामी निर्वाचनलाई प्रवासी नेपाली समुदायले चासोपूर्वक हेरिरहेका बेला शेरचनको उम्मेदवारीलाई एनआरएनएको नेतृत्व र संगठनात्मक भविष्यसँग जोडिएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.