April 19, 2026
Trending
Follow Us :

एनआरएनए लक्जेम्बर्गमा नयाँ एनसीसी गठन, दुर्गा थापा अध्यक्ष चयन

लक्जेम्बर्ग — गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को नयाँ कार्यसमिति गठन गरिएको छ। डा. हेमराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यका रूपमा युद्ध थापालाई चयन गरिएको जानकारी दिइएको छ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले विशेषगरी महिलाको नेतृत्व र दोस्रो पुस्ताको सक्रिय सहभागिताको प्रशंसा गर्नुभयो।

उक्त कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.