काठमाडौं : गुरुङ ब्यूटी पार्लर एण्ड एकेडेमी प्रा.लि.की सफल व्यवसायी तथा उद्यमी चिनु गुरुङज्यूले गैरआवासीय नेपाली संघ ( एनआरएनए ) निर्वाचनमा विजयी महिला दिदीबहिनीहरू लाई विशेष सम्मान तथा छलफल कार्यक्रम आयोजना गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विदेशमा बसोबास गर्ने तथा नेपालमै रहनुभएका महिलाहरु बिच व्यवसायिक सहकार्य कसरी बढाउन सकिन्छ र एकअर्कालाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
जसले कार्यक्रमलाई अझै गौरवमय बनाएको थियो । साथै कार्यक्रममा स्वस्तिक ग्रुपकी बोर्ड अफ डाइरेक्टर्स लक्ष्मी गुरुङज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँले महिलाहरूलाई व्यवसाय तथा उद्यमशीलतामा अघि बढ्न प्रेरित गर्नुका साथै महिला सशक्तिकरणका विषयमा महत्वपूर्ण विचारहरू राख्नुभएको थियो। उहाँको प्रेरणादायी मन्तव्यले कार्यक्रममा सहभागी सम्पूर्ण दिदीबहिनीहरूलाई थप हौसला प्रदान गरेको थियो। कार्यक्रममा अन्य महिला उद्यमीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम अत्यन्त सफल र फलदायी रूपमा सम्पन्न भएको थियो। यस अवसरमा सहभागीहरूलाई विशेष दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो।