April 19, 2026
Trending
Follow Us :

एनआरएनए उपाध्यक्ष लोक प्रसाद दाहाललाई नेपाल प्रवर्द्धन विभागको नेतृत्व, पर्यटन प्रवर्द्धनमा नयाँ योजना

काठमाडौं — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का उपाध्यक्ष लोक प्रसाद दाहाल लाई नेपाल प्रवर्द्धन विभागको प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिइएको छ।

संघको ११४औँ आईसीसी बैठकको निर्णयअनुसार दाहाललाई सन् २०२५–२०२७ कार्यकालका लागि उक्त जिम्मेवारी सुम्पिएको हो। अध्यक्ष डा. हेम राज शर्मा र महासचिव डा. चिरञ्जीवी खड्का द्वारा प्रेषित पत्रमार्फत उनलाई विभागको कार्यविधि तथा विस्तृत कार्ययोजना तयार गर्न निर्देशन दिइएको छ।

नव नियुक्त विभाग प्रमुख दाहालले विभिन्न क्षेत्रका पदाधिकारीहरूसँग समन्वय गर्दै बढीमा १७ सदस्यीय कार्यसमिति र ५ जना विज्ञ सल्लाहकारहरूको नाम प्रस्ताव गर्ने जानकारी दिएका छन्। उनले आगामी अप्रिल १५ भित्र नामावली बुझाउने तयारी रहेको बताएका छन्।

समाजसेवी तथा व्यवसायीसमेत रहेका दाहाल हाल बेल्जियमलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् र नेपालको पर्यटन क्षेत्रसँग लामो समयदेखि नजिक रहेर काम गर्दै आएका छन्। उनले एनआरएनएको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित दाहालले उच्च हिमाली दौड (High Altitude Race) आयोजना गर्ने योजना अघि सारेका छन्। यस पहलले हिमाल आरोही र भरियाबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

उनका अनुसार नेपालको पर्यटन क्षेत्रलाई थप गतिशील, आकर्षक र विश्वव्यापी रूपमा प्रवर्द्धन गर्नु नै आफ्नो प्रमुख उद्देश्य हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.