April 19, 2026
Trending
Follow Us :

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल बैंकर्स संघको शिष्टाचार भेट

काठमाडौं : नेपाल बैंकर्स संघ  का कार्यकारी समिति सदस्यहरूले नवनियुक्त माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ज्यूसँग शिष्टाचार भेटघाट गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा एनबिएका का पदाधिकारीहरूले बैंकिङ क्षेत्रले अर्थतन्त्रलाई पुनर्जीवित गर्न थप लगानीमार्फत सरकारलाई पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए। साथै, वित्तीय मध्यस्थतालाई सुदृढ बनाउँदै दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्न बैंकिङ क्षेत्र सक्रिय भूमिकामा रहने प्रतिबद्धता व्यक्त गरिएको थियो।

माननीय अर्थमन्त्री डा. वाग्लेले बैंकिङ क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भको रूपमा स्वीकार गर्दै यसको स्थायित्व र विकास सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएका छन्। साथै, वित्तीय क्षेत्रमा देखिएका चुनौती र अवरोधहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.