April 19, 2026
Trending
Follow Us :

नेपाल–यूएई टी–२० श्रृंखला पहिलोपटक फ्लडलाइटमा

काठमाडौं : नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच हुने टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल पहिलोपटक फ्लडलाइटमा खेलिने भएको छ।

नेपाल क्रिकेट संघ ले नेपालमा हुने उक्त खेल फ्लडलाइटमा आयोजना गरिने जानकारी दिएको हो। खेल त्रिवि क्रिकेट मैदानमा अप्रिल २० र २१ तारिख साँझ ५ बजेदेखि सुरु हुनेछ।

यो पहिलोपटक हो जब नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेलिनेछ। यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण फ्लडलाइटमा सम्पन्न भएको थियो।

नेपाल र यूएईबीचको भिडन्तलाई एसोसियट क्रिकेटको ‘एल क्लासिको’का रूपमा पनि लिइन्छ। दुवै टोलीबीच पछिल्लोपटक टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो।

यो शृंखला आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालमा हुने अर्को ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीका रूपमा समेत रहेको छ।

त्यसपछि मे १२ देखि २२ सम्म नेपालमा नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला आयोजना हुने तय भएको छ। साथै नेपालको ‘ए’ टोलीले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग ५० ओभरका खेलहरू खेल्ने कार्यक्रम छ।

फ्लडलाइटमा हुने ऐतिहासिक खेलले नेपाली क्रिकेटलाई नयाँ अनुभव र अन्तर्राष्ट्रिय स्तरमा थप ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.