April 19, 2026
Trending
Follow Us :

फुकुओकामा १३ औं नेपाली फेस्टिभल: संस्कृति, प्रेम र परम्पराको उत्सव

काठमाडौं : जापानको फुकुओकामा १३ औं नेपाली फेस्टिभल भव्य रूपमा आयोजना भएको छ। जापानमा  बसोबास गर्ने नेपालीहरूलाई एकसाथ जोड्ने मुख्य अवसरको रूपमा स्थापित भएको छ। सहभागीहरूले नेपाली परम्परा, रिति-रिवाज, संस्कृति, भेषभुषा, खाना र आपसी प्रेम साटासाट गर्ने अवसर पाएका छन्।

कार्यक्रममा एनआरएनए का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन, एनआरएनए सचिव सुवेन्द्र घिसिङ, एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, युवा संयोजक नविन न्युरे लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूको सक्रिय उपस्थितिले फेस्टिभललाई सरल, सभ्य र भव्य बनाएको आयोजकहरूले जनाएका छन्।

 प्रेम र मिठा परिकारले यस फेस्टिभलको माहोललाई जितेको विश्वास गरिएको छ। साथै, यस कार्यक्रमले दोस्रो पुस्ताका नेपाली सन्तानलाई हाम्रो संस्कृति हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.