April 19, 2026
Trending
Follow Us :

जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

काठमाण्डौ, १८ फाल्गुण । जारी टी-२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । विश्वकपका सुपर आठका खेलहरु सकिएसँगै दक्षिण अफ्रिका, न्यूजील्याण्ड, इङल्याण्ड र भारत सेमिफाइनलमा पुगेका हुन् ।

अब विश्वकपका सेमिफाइनलका खेल आगामी बुधबार र विहिबार हुदैछन् । बुधबार पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र न्यूजील्याण्डले प्रतिष्पर्धा गर्ने छन् । यो खेल भारतको कोलकोतास्थित इडेन गार्डेनमा नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुनेछ । त्यस्तै दोस्रो सेमिफाइनल खेल विहिबार इङल्याण्ड र भारतबीच भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने छ । दुवै सेमिफाइनलमा रिजर्भ डे राखिएको छ ।

जारी विश्वकपको फाइनल खेल भने आगामी आइतबार भारतको अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.