April 19, 2026
Trending
Follow Us :

फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुदै

काठमाडौं: अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार ‘जेरी अन टप; फेब्रुअरी २७ शुक्रबारदेखि भारतमा रिलिज हुने भएको हो ।

नेपालमा शानदार कमाई गरेको फिल्म अब भारतमा प्रदर्शनमा आउन लागेको हो ।

फिल्म दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, मुम्बई कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्ने बताइएको छ । फिल्म इनोक्स, पिभिआर लगायतका सिनेमा चेनसहित सय भन्दा बढी स्क्रीनमा रिलिज हुने बताइएको छ । फिल्मको टिकट बुक माई शो लगायतका एपबाट समेत लिन सकिने छ ।

फिल्ममा अनमोल र जसिता गुरुङको प्रमुख भूमिका रहेको छ । प्रेमको कथावस्तुमा निर्माण भएको फिल्म सगरमाथा आरोहणको साहसिक कथामा बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.