April 19, 2026
Trending
Follow Us :

एनआरएनएको १२औँ विश्व महाधिवेशनका लागि प्रतिनिधि काठमाडौंमा, नेतृत्व चयनको दौड तीव्र

काठमाडौं । एनआरएनए को आगामी मार्च १४–१६ मा काठमाडौंमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि विश्वका विभिन्न देशबाट प्रतिनिधिहरू धमाधम राजधानी आइपुगिरहेका छन्। आयोजक स्रोतका अनुसार शुक्रबारसम्म २०० भन्दा बढी प्रतिनिधि काठमाडौं उत्रिसकेका छन्।

विश्वभर फैलिएको नेपाली डायस्पोराको चासो र प्रतिस्पर्धाबीच आयोजना हुन लागेको यस महाधिवेशनलाई निर्णायक र ऐतिहासिक रूपमा हेरिएको छ। यसपटक संघको नयाँ नेतृत्व चयनका लागि अनलाइन र भौतिक दुवै माध्यमबाट मतदान गर्ने व्यवस्था गरिएको छ, जसले व्यापक सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता शुक्रबारदेखि औपचारिक रूपमा सुरु हुने जनाइएको छ। प्रमुख निर्वाचन आयुक्त तथा पूर्वन्यायाधीश तेज बहादुर कार्कि का अनुसार प्रारम्भिक मतदाता नामावलीमाथि परेका उजुरीहरूको छानबिन अन्तिम चरणमा पुगेको छ र छिट्टै अन्तिम मतदाता नामावली सार्वजनिक गरिने तयारी भइरहेको छ।

निर्वाचन समितिले बुधबार साँझ जारी गरेको सूचनामा अन्तिम मतदाता नामावली प्रकाशनमा एक दिन ढिलाइ हुन सक्ने भए पनि यसअघि तय गरिएको निर्वाचन कार्यतालिकामा कुनै परिवर्तन नहुने स्पष्ट पारेको छ। “निर्वाचन निर्धारित तालिकाअनुसार नै अघि बढ्नेछ,” सूचनामा उल्लेख गरिएको छ।

उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले मार्च ६ देखि १० तारिखसम्म अनलाइन प्रणालीमार्फत वा स्वयं उपस्थित भई उम्मेदवारी दर्ता गर्न सक्नेछन्। तर उम्मेदवारी दर्तापछि हस्ताक्षर सनाखतका लागि उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

आगामी नेतृत्व कसको हातमा जाने भन्ने चासो र बहस बढ्दै जाँदा काठमाडौंमा राजनीतिक सरगर्मी समेत बढेको छ। महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधिहरूबीच भेटघाट, रणनीतिक छलफल र समर्थन जुटाउने गतिविधि तीव्र बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.