काठमाडौं । काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार, हाल काठमाडौंका १० मध्ये आठ स्थानमा मतगणना कार्य भइरहेको छ । काठमाडौंमा गणना भएका आठमध्ये सात क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारले अग्रता कायम गरेका छन् ।
निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं–१ मा रास्वपाका रन्जु न्यौपानेले तीन हजार १२९, नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले एक हजार ६९५ ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८८२ र नेकपा (एमाले)का मोहनराज रेग्मीले २७२ मत प्राप्त गरेका छन् ।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसीले ४२४, एमालेका मणिराम फुँयाल २३६ र नेपाली कांग्रेसका कबिर शर्माले १९४ मत प्राप्त गरेका छन् ।
काठमाडौं–३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले एक हजार ८४६ मत प्राप्त गरेका छन् । रास्वपाका राजुनाथ पाण्डेले एक हजार ५६०, नेपाली कांग्रेसका रमेश अर्याल ५८३ र नेकपा (एमाले)का रामेश्वर फुँयालले ४५६ मत प्राप्त गरेका छन् ।
काठमाडौं–४ मा रास्वपाका पुुकार बमले ८६५, नेकपा (एमाले)का राजन भट्टराईले २७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २१३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १०० मत प्राप्त गरेका छन् ।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले एक हजार ४२४, नेपाली कांग्रेसका प्रदीप पौडेलले ४१२, एमालेका ईश्वर पोखरेलले २८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत पाएका छन् ।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुलीले एक हजार ४८१ ल्याउँदा एमालेका प्रकाश श्रेष्ठले ३०८ मत ल्याएका छन् । नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले २८२, नेकपाका वसन्तप्रसाद मानन्धरले २०८ मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठले तीन हजार २९० ल्याएका छन् । नेपाली कांग्रेसकी सपना राजभण्डारीले ३४९, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ३४८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २३६ र नेकपा (एमाले)का राजेश शाक्यले २३१ मत प्राप्त गरेका छन् ।
काठमाडौं क्षेत्र नं १० मा रास्वपाका उमेदवार प्रदीप विष्टले तीन हजार ८९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ६६१, नेकपा (एमाले)का विनोद श्रेष्ठले ३७८ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २३९, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ८१ र नेपाली कम्युनिस्ट पार्टीका रुपा महर्जनले ६५ मत प्राप्त गरेकी छन् ।
काठमाडौं ६ र ९ मा भने मतगणना भएको छैन ।