काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ । रास्वपाका उमेदवार रवि लामिछानेले एक हजार १५८ मत ल्याएका छन् ।
सुरुआती अग्रता बनाएको एमाले पछि परेको छ । एमालेका उमेदवार जस्मिन घिमिरेले ९०८ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेदवार मीना खरेलले ५३९ मत ल्याएकी छन् । नेकपाका उमेदवार प्रताप गुरुङले ७७५ मत प्राप्त गरेका छन् ।