April 19, 2026
Trending
Follow Us :

नेप्से ३२ अंकले घट्यो, कारोबार रकम भने २१ अर्ब नाघ्यो

काठमाडौं — मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेप्से ३२.०८ अंकले घट्दै २८४३.३५ विन्दुमा झरेको हो।

अघिल्लो कारोबार दिन सोमबार भने बजारमा तीव्र उछाल देखिएको थियो। त्यस दिन नेप्से १६२.९३ अंकले बढेपछि तीन पटक सकारात्मक सर्किट लाग्दै कारोबार समयभन्दा अगावै बन्द भएको थियो। सर्किट लागेका कारण सोमबार करिब दुई मिनेट मात्र कारोबार भएको थियो।

आज बजार सूचक घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। मंगलबार कुल २१ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। बजारमा सूचीकृत ३२९ कम्पनीका ५ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएका हुन्।

मूल्य परिवर्तनतर्फ हेर्दा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ। आज रिलायन्स स्पिनिङ मिल्ससलपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्ष स्थानमा रह्यो। उक्त कम्पनीको १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो। त्यसपछि आँखुखोला जलविद्युत, एपी पावर कम्पनी, रिडी पावरशिवम् सिमेन्ट क्रमशः उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

समूहगत सूचकतर्फ लाइफ इन्स्योरेन्स, नन–लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड समूहको सूचक बढेको देखिएको छ भने बाँकी १० समूहका उपसूचकहरू भने घटेर नकारात्मक बनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.