April 19, 2026
Trending
Follow Us :

एनआरएनए अध्यक्षमा हेमराजलाई सर्वसम्मत नेतृत्व दिने विषयमा छलफल जारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्व चयनका सन्दर्भमा अध्यक्ष पदमा हेमराजलाई सर्वसम्मत नेतृत्व दिने विषयमा विभिन्न तहमा छलफल जारी रहेको छ। एकताको सन्देश दिने उद्देश्यले उनलाई सहमतिका आधारमा अध्यक्ष बनाउने सम्भावनाबारे संवाद भइरहेको स्रोतले जनाएको छ।

संघभित्र देखिएका मतभेद अन्त्य गर्दै सहमतिमै नेतृत्व चयन गर्नुपर्ने धारणा बलियो बन्दै गएको बताइन्छ। यही क्रममा अध्यक्ष पदमा हेमराजलाई सर्वसम्मत नेतृत्व दिन सकिने विषयमा छलफल भइरहेको जनाइएको छ।

यद्यपि यसबारे औपचारिक निर्णय भने केहि समय पछि आउने छ । महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूहबीच संवाद र परामर्शलाई तीव्र बनाइएको छ।

एनआरएनएको आगामी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संगठनको भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.