April 19, 2026
Trending
Follow Us :

बैंक तथा वित्तीय संस्थाको कर्जा असुली र नाफामा सुधार

४ चैत, काठमाडौं । अर्थतन्त्रले सामान्य गति लिन थालेसँगै बैंक तथा वित्तीय क्षेत्रको कर्जा भुक्तानीमा सुधार देखिएको छ। ऋणीहरूले समयमै कर्जा किस्ता तिर्न थालेपछि धितो सकार र कर्जा अपलेखन घटेको छ।

चालु आर्थिक वर्षको माघ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूले जोखिम व्यवस्थाका लागि ६४ अर्ब ३५ करोड रुपैयाँ छुट्याएका छन्। केन्द्रीय बैंकका अनुसार, विशेष कर्जा नोक्सानी व्यवस्थामा केही वृद्धि भए पनि सामान्य र वाच लिस्ट कर्जा सम्बन्धी जोखिम व्यवस्था क्रमशः ०.७ र १.९७ प्रतिशतले घटेको छ। कुल कर्जा नोक्सानी पुस महिनाको तुलनामा २.२५ प्रतिशतले बढेको छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले कर्जा नोक्सानीबाट फिर्ता पाएको रकम पनि ३ प्रतिशतले बढेर ३२ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। पुस महिनामा यो रकम ३१ अर्ब ६५ करोड रुपैयाँ थियो। बैंकहरूले यस फिर्ता रकमलाई प्रत्यक्ष नाफामा गणना गर्छन्।

गैर बैंकिङ सम्पत्ति अर्थात् धितोको मूल्य चालु आवको माघसम्म ५१ अर्ब २० करोड रुपैयाँ पुगेको छ, जुन पुस महिनाको तुलनामा थोरै घटेको हो। बैंकहरूले भनेको छ कि आर्थिक गतिविधि बढेसँगै कर्जा असुली नहुने समस्या पनि घटेको छ। निजी क्षेत्रलाई लगानी हुने कर्जा पनि बढेको देखिएको छ। चालु आवको माघसम्म वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा २ खर्ब २१ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी थपिएको छ।

कर्जा अपलेखन पनि सानो मात्रामा घटेको छ। चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ अर्ब १५ करोड रुपैयाँ कर्जा अपलेखन गरेका छन्, पुससम्म यो रकम १ अर्ब १३ करोड रुपैयाँ थियो।

यस सुधारसँगै बैंक तथा वित्तीय संस्थाको खुद नाफा पनि बढेको छ। चालु आवको माघसम्म खुद नाफा ४२ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ, जुन पुसको तुलनामा २२.२६ प्रतिशतले बढी हो। वाणिज्य बैंकको नाफा ३८ अर्ब १ करोड, विकास बैंकको ४ अर्ब ९ करोड र फाइनान्स कम्पनीको ४३ करोड ९० लाख रुपैयाँ रहेको छ। बैंकहरूको कर्जा लगानी सुधार र असुली बढेसँगै नाफा पनि वृद्धि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.