April 19, 2026
Trending
Follow Us :

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग महासंघको शिष्टाचार भेट, निजी क्षेत्रसँग सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं, चैत  — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गरेको छ।

भेटका क्रममा मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा निजी क्षेत्रका प्राथमिकताहरू समावेश गरिएकोमा महासंघका तर्फबाट अर्थमन्त्री तथा नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरिएको अध्यक्ष ढकालले जानकारी दिनुभयो।

उहाँले अर्थमन्त्री वाग्लेलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मुलुकमा लगानीमैत्री वातावरण निर्माण, उत्पादन अभिवृद्धि, राजस्व संकलन सुदृढीकरण तथा रोजगारी सिर्जना विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

अध्यक्ष ढकालले विद्यमान कानुनी तथा नीतिगत अवरोधहरू हटाउँदै उत्पादन तथा सेवा प्रवाहलाई थप गतिशील बनाउन सरकार–निजी क्षेत्र सहकार्यको आवश्यकता औंल्याउनुभयो। साथै, शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको प्रभावकारी र समयोचित कार्यान्वयन अपरिहार्य रहेकोमा जोड दिनुभयो।

जवाफमा अर्थमन्त्री वाग्लेले दिगो आर्थिक वृद्धि तथा लगानी प्रवर्द्धनका लागि निजी क्षेत्रसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

महासंघले पनि सरकारसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण सुदृढ गर्ने, व्यवसाय प्रवर्द्धन गर्ने तथा राष्ट्रलाई समृद्धिको दिशातर्फ अग्रसर गराउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.