प्रवासी नेपाली मञ्च स्पेनको ७औँ अधिवेशन सम्पन्न, शिव प्रसाद गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन
स्पेन — प्रवासी नेपाली मञ्च स्पेनको ७औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ।
निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा पुर्याएको योगदान, सहकार्य र नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्दै संस्थालाई अझ सुदृढ र मजबुत बनाउन खेलेको भूमिकाको सराहना गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष शिव प्रसाद गौतमले गर्ने भएका छन्। उहाँको नेतृत्वमा मञ्चले आगामी दिनहरूमा अझ प्रभावकारी, सक्रिय र सफल कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरिएको छ। साथै, नयाँ कार्यसमितिसँग सहकार्य, समन्वय र सहयोग अझ प्रगाढ हुने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमिति यसप्रकार रहेको छ:
- अध्यक्ष: शिव प्रसाद गौतम
- उपाध्यक्ष: कमला बराल
- सचिव: सालिक गौतम
- उपसचिव: राजेन्द्र पराजुली
सदस्यहरू:
सुर्य प्रसाद ढुंगाना, तिर्थराज उप्रती, दिपेन्द्र जी.सी., नुर्जा परियार, मेघ बहादुर राना, गोबिन्द मल्ल, बिधान कंडेल, शान्ती दाहाल, अभिनास तामाङ, सुर्य काफ्ले, राज बि.सी., सुशान्त लामा, एल.आर. शर्मा, दिपेन्द्र भुषाल, सुनिल गुरुङ, सिता राना मगर, सुस्मिता ठकुरी।
नयाँ कार्यसमितिले प्रवासी नेपाली समुदायको हितमा थप प्रभावकारी कार्यक्रमहरू अघि बढाउने अपेक्षा गरिएको छ।