April 19, 2026
Trending
Follow Us :

उदारताको उदाहरण बने बालकृष्ण तिवारी: स्पेनबाट नेपाली धर्म–संस्कृतिप्रति अनुपम समर्पण

काठमाडौं : स्पेनमा रहेका नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघ  स्पेन द्वारा आयोजित पवित्र अभियानमा एक प्रेरणादायी उदाहरण प्रस्तुत भएको छ। आदरणीय बालकृष्ण तिवारीज्यूले यस पुण्य कार्यका लागि सबैभन्दा बढी १५,५५५ युरो (करिब २८ लाख नेपाली रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्दै विशेष योगदान दिनुभएको छ।

उहाँको यो उदार मन, गहिरो धार्मिक आस्था र समाजप्रतिको समर्पणले सम्पूर्ण नेपाली समुदायलाई गर्वान्वित बनाएको छ। विदेशमा रहेर पनि आफ्नो धर्म, संस्कार र पहिचानलाई जोगाउँदै यस्ता महान कार्यमा सक्रिय सहभागिता जनाउनु वास्तवमै प्रशंसनीय छ।

यस किसिमका उदाहरणहरूले “नेपाली जहाँ गए पनि आफ्नो धर्म र संस्कृतिलाई जोगाउँछन्” भन्ने सन्देशलाई अझ सशक्त बनाएको छ। साथै, यस अभियानले विदेशमा रहेका नेपालीहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ मजबुत बनाउने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो टिम
प्रबन्ध निर्देशक/अध्यक्ष : अमृत आचार्य
व्यवस्थापक : अनिल आचार्य
प्रविधि प्रमुख: हेमन्त आचार्य
सल्लाहकार/संरक्षक : दिनेश उप्रेती
सूचना विभाग दर्ता नं. / ०८१– ८२

© 2026 nepalthoughts.com सर्वाधिकार सुरक्षित.